भाषा / Nepali

यी स्रोतहरूलाई हाम्रा सेवाकाइका साझेदारहरूद्वारा अनुवाद गरिएका हुन् । हामी यी स्रोतहरू तपाईंहरूलाई सित्तैमा उपलब्ध गर्छौं र तपाईंले अरूलाई पनि यसबारे जानकारी दिनको निम्ति हामी तपाईंलाई आग्रह गर्छौं, ताकि उनीहरूले पनि हाम्रो वेवसाइटबाट अनुवाद गरिएका स्रोतहरू सित्तैमा डावनलोड गर्न सकून् ।

These resources have been translated by our ministry partners. We provide these resources to you for free and ask that you would let others know, so they too can download translated re-sources for free from our website.

Truth78 अर्को पुस्ताको निम्ति दर्शनमा केन्द्रित सेवाकाइ हो ताकि उनीहरूले ख्रीष्टमा मात्र उनीहरूको आशा राखेर परमेश्‍वरलाई चिनून्, आदर गरून् र बहुमूल्य सम्झून् अनि उनीहरू परमेश्‍वरको महिमाको निम्ति विश्‍वासयोग्य चेलाहरूको रूपमा जिऊन् ।

हाम्रो मिसनचाहिँ अर्को पुस्ताको व्यापक चेलापनको निम्ति मण्डली र घरपरिवारलाई प्रेरणा दिनु र सुसज्जित पार्नु हो ।

हामीले परमेश्‍वरमा केन्द्रित, बाइबलले संतृप्‍त, सुसमाचार केन्द्रित, ख्रीष्टलाई उच्च पार्ने, पवित्र आत्मा निर्भर, सैद्धान्तिक रूपमा सही, र चेलापन केन्द्रित स्रोतहरू निर्माण गर्छौं । हामीसित बालबालिकाहरू र जवानहरूलाई मण्डली, घर वा ख्रीष्टियन स्कुलको परिवेशमा पूरै बाइबललाई सिकाउने विविध सामग्रीहरू छन् अनि उनीहरूलाई सुसज्जित पार्न र उत्साह दिने शीर्षकहरूमा हामीले आमाबुबाहरूलाई पुस्तकहरू दिन्छौँ ।

यदि अतिरिक्त स्रोतहरू अनुवाद गर्न रुचि राख्‍नुहुन्छ वा हाम्रा स्रोतहरूबारे कुनै प्रश्‍नहरू छन् भने वा तिनीहरूलाई कसरी प्रयोग गर्ने भन्ने बारे कुनै प्रश्‍नहरू भएमा, कृपया, [email protected] मा इमेल पठाउनु होला । हामीले तपाईंका प्रश्‍नहरूको जवाफ हाम्रा अनुवादकहरू मार्फत दिने सक्दो प्रयास गर्नेछौँ ।

अनुमति लिनेबारे जानकारी

Truth78 ले यी सामग्रीहरू आफ्नो परिवार, मण्डली, स्कुल वा सेवाकाइको निम्ति प्रिन्ट गर्न र प्रयोग गर्न अनुमति दिन्छ । तपाईंले आफ्नो संस्था वा परिवार बाहिर यसलाई वितरण नगर्नु होला वा नाफाको निम्ति नबेच्नु होला । तर अरूहरूलाई पनि सोझै हाम्रो वेवसाइट हेर्न सल्लाह दिनु होला ताकि उनीहरूले आफ्नो निम्ति आफैले सोझै डावनलोड गर्न सकून् ।

जोशिला: अर्को पुस्ताको चेलापनको निम्ति ७ प्रतिबद्धताहरू

जोशिला: अर्को पुस्ताको चेलापनको निम्ति ७ प्रतिबद्धताहरू

जोशिलो नामक पुस्तकमा लामो समय पास्टरीय सेवा गर्नु भएका र Truth78 का कार्यकारी निर्देशक डेविड माइकलले परमेश्‍वर र उहाँको महिमाप्रतिको जोशबाट पैदा भएको उत्कट इच्छा र लगनको बारे वर्णन गर्नुहुन्छ र अर्को पुस्ताको चलापनको निम्ति खाका र दर्शन प्रदान गर्ने सात वटा प्रतिबद्धताहरू प्रस्तुत गर्नुहुन्छ... ताकि उनीहरूले उनीहरूको आशा परमेश्‍वरमा राखून् (भजनसंग्रह ७८:१-८)।

स्रोतसाधनहरू डावनलोड गर्नुहोस्